मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाली महिला फुटबल टिमले थाइल्याण्डसँग क्लोज डोर म्याच खेल्दै

नेपाली महिला फुटबल टिमले थाइल्याण्डसँग क्लोज डोर म्याच खेल्दै

न्यूजस्टोरी

काठमाडौं । उज्वेकिस्तानमा हुने एएफसी वुमन्स एसियन कप छनोटको तयारी स्वरुप मैत्रीपूर्ण फुटबल खेल्न थाइल्याण्ड पुगेको नेपाली महिला टोलीले आज पहिलो खेल खेल्दै छ ।

नेपाल र थाइल्याण्डको महिला टोलीबीच आज क्लोज डोरमा खेल हुनेछ । खेल नेपाली समयअनुसार दिउँसो साढे ३ बजेदेखि सुरु हुनेछ । यसपछि नेपाल र थाइल्याण्डबीच जुन २ मा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल हुनेछ ।

नेपाली टिम गोलकिपर : एञ्जिला तुम्बापो सुब्बा, अञ्जना राना मगर, उषा नाथ
डिफेन्डर : अमृता जैशी, गीता राना, विमला बि., पूजा राना, निशा ठोकर, समीक्षा घिमिरे, मनमाया दमाई
मिडफिल्डर : अनिता बस्नेत, विमला चौधरी, रेनुका नगरकोटी, प्रीति राई, सरु लिम्बु, सबिता राना मगर, सरस्वती हमाल, सुष्मा तामाङ
फरवार्ड : साबित्रा भण्डारी, रश्मी कुमारी घिसिङ, चन्द्रा भण्डारी, अनिता केसी, रेखा पौडेल