काठमाडौं । साताको चौथो कारोबार दिन नेप्से परिसूचक १७.४४ अंकले बढेर २६९३.०६ को विन्दुमा कायम भएको छ । नेप्सेमा कारोबार भएका १४८ कम्पनीको मूल्य बढ्दा आज ९७ कम्पनीको मूल्य घटेको छ । यसदिन ३२३ कम्पनीको २ करोड ७ लाख ५९ हजार ५४७ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ५८ करोड माथिको सेयर कारोबार भएको छ ।
सबैभन्दा धेरै ङादी ग्रुप पावरको १ अर्ब ५ करोड माथिको सेयर कारोबार भएको छ । त्यसपछि राधि विद्युत कम्पनीको ६० करोड ८ लाख रुपैयाँ र निभर्सल पावरको ५१ करोड ६ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
ओम मेगाश्रीका लगानीकर्ताले सबैभन्दा धेरै १० प्रतिशतका दरले कमाएका छन् । त्यस्तै ग्रिन डेभलपमेन्ट बैंकका लगानीकर्ताले ९.९९ प्रतिशत र तेस्रोमा पियोर इनर्जीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् ।
यसदिन बराही हाइड्रोका लगानीकर्ताले सबैभन्दा धेरै ६.८४ प्रतिशतका दरले गुमाएका छन् ।


प्रतिक्रिया