मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आईपीएल क्रिकेटमा दिल्लीले पन्जाबलाई ६ विकेटले हरायो

आईपीएल क्रिकेटमा दिल्लीले पन्जाबलाई ६ विकेटले हरायो

न्यूजस्टोरी

काठमाडौं, ११ जेष्ठ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले पन्जाब किङ्ग्सलाई ६ विकेटले हराएको छ ।

हिजो जयपुरमा भएको खेलमा पन्जाबले दिएको दुई सय ७ रनको लक्ष्य दिल्लीले १९ ओभर ३ बलमा ४ विकेट गुमाएर भेट्टायो ।

त्यसअघि पन्जाबले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर दुई सय ६ रन बनाएको थियो । पन्जाबका लागि कप्तान श्रेयस अय्यरले ५२ रनको अर्धशतकीय पारी खेले ।

दिल्लीका मुस्ताफिजुर रहमानले तीन विकेट लिए । हारसँगै पन्जाबको शीर्ष–२ मा रहँदै पहिलो क्वालिफायर खेल्ने लक्ष्यमा धक्का लागेको छ ।

हारससँगै पन्जाबको १३ खेलमा १७ अङ्क रहेको छ । पन्जाब तालिकाको दोस्रो स्थानमा रहेको छ । यसअघि नै प्लेअफबाट बाहिरिएको दिल्लीको १४ खेलमा १५ अङ्क रहेको छ । दिल्ली तालिकाको पाचौं स्थानमा छ ।

आईपीएल क्रिकेटमा आज गुजरात टाइटन्स र चेन्नई सुपर किङ्ग्स तथा सनराइजर्स हैदराबाद र कोलकाता नाइट राइडर्स खेल्दै छन् ।