मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बार्सिलोनाले जित्यो २८औंपल्ट ला लिगाको उपाधि

बार्सिलोनाले जित्यो २८औंपल्ट ला लिगाको उपाधि

न्यूजस्टोरी

काठमाडौं, २ जेष्ठ। बार्सिलोनाले २८औंपल्ट ला लिगाको उपाधि हात पारेको छ।

बिहीबार राति सम्पन्न खेलमा एस्पान्योललाई २(० ले पराजित गर्दै बार्सिलोनाले दुई खेलअगाबै उपाधि आफ्नो पोल्टामा पारेको हो।

जितसँगै बार्सिलोनाले ३६ खेलबाट ८५ अंक पुर्‍यायो। जुन दोस्रो स्थानको रियल मड्रिडको भन्दा सात अंक बढी हो।

बार्सिलोनालाई जित दिलाउन लामिन यमल र फर्मिन लोपेजले गोल गरे। यमलले ५३औं मिनेटमा गोल गरेका हुन्। लोपेजले इन्जुरी समयको पाँचौं मिनेटमा गोल गर्दै जित सुनिश्चित गरे।