मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेप्सेमा ७.३७ अंकको गिरावट, कारोबार रकम पनि घट्यो

नेप्सेमा ७.३७ अंकको गिरावट, कारोबार रकम पनि घट्यो

न्यूजस्टोरी

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक ७.३७ अंकले घटेर २६१२.८९ को विन्दुमा कायम भएको छ ।

यसदिन ३२० कम्पनीको १ करोड ७४ लाख २३ हजार सेयर किनबेच हुँदा ७ अर्ब ८ करोड ३३ लाख बराबरको कारोबार भएको छ । सबैभन्दा धेरै सोल्टी होटल ४६ करोड १९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । त्यसपछि राधि विद्युत कम्पनीको ४४ करोड १७ लाख रुपैयाँ र युनिभर्सल पावरको ३३ करोड ४५ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

ओम मेगा श्रीका लगानीकर्ताले सबैभन्दा धेरै ९.९९ प्रतिशतका दरले कमाउँदा दोस्रोमा बराही हाइड्रोपावरका लगानीकर्ताले ८.७७ प्रतिशतका दरले कमाएका छन् । कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले सबैभन्दा धेरै  ९.१० प्रतिशतका दरले गुमाएका छन् ।