मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आईपीएल क्रिकेटका स्थगित खेल जेठ तीन गतेदेखि शुरू हुने

आईपीएल क्रिकेटका स्थगित खेल जेठ तीन गतेदेखि शुरू हुने

न्यूजस्टोरी

काठमाडौं, ३० बैशाख । भारत–पाकिस्तानबीचको तनावका कारण स्थगित इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटका खेलहरु आउँदो १७ ‘मे’ तारिख अर्थात् जेठ ३ गते शनिवारदेखि शुरू हुने भएका छन् ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले बाँकी खेलको नयाँ तालिका सार्वजनिक गरेको हो । परिमार्जित तालिका अनुसार जेठ तीनमा रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) र कोलकाता नाइट राइडर्सबीच खेल हुनेछ ।

त्यस्तै जेठ चारमा आइतवार दुई वटा खेल हुनेछन् । गएको बिहीवार धर्मशालामा पन्जाब र दिल्लीबीच खेल भइरहेका बेला बीचमै स्थगित गरिएको थियो ।

दुई दिनपछि गएको शनिवार दुई देशबीच युद्धविरामको घोषणा भएपछि आईपीएल क्रिकेट फेरि शुरू हुन लागेको हो ।

क्वालिफायरको खेल जेठ १५ र इलिमिनेटरको खेल जेठ १६ मा हुनेछ । त्यस्तै क्वालिफायर दुई जेठ १८ गते हुनेछ । आईपीएलको फाइनल खेल जेठ २० मा हुनेछ ।