मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राष्ट्र बैंकले पूर्वबजेटकालीन समीक्षा प्रतिवेदन अर्थ मन्त्रालयलाई बुझायो

राष्ट्र बैंकले पूर्वबजेटकालीन समीक्षा प्रतिवेदन अर्थ मन्त्रालयलाई बुझायो

न्यूजस्टोरी

काठमाडौं, २४ बैशाख । नेपाल राष्ट्र बैंकले आउँदो आर्थिक वर्ष २०८२- ८३ को पूर्वबजेटकालीन समीक्षा प्रतिवेदन अर्थ मन्त्रालयलाई बुझाएको छ ।

नेपाल राष्ट्र बैंकका कायममुकायम गभर्नर डा. नीलम ढुङ्गाना तिम्सिनाले आज उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई प्रतिवेदन बुझाउनुभएको हो । कायममुकायम गभर्नर तिम्सिनाले देशका विभिन्न ठाउँमा पुगेर अध्ययन तथा छलफल गरी प्रतिवेदन तयार पारेको जानकारी गराउनुभयो ।

अर्थमन्त्री पौडेलले राष्ट्र बैंकको प्रतिवेदनले आउँदो आर्थिक वर्षको बजेट निर्माणमा महत्त्वपूर्ण सहयोग पुर्‍याउने बताउनुभएको उहाँको सचिवालयले जनाएको छ ।