मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रत्ननगर महोत्सवको तयारी पूरा

रत्ननगर महोत्सवको तयारी पूरा

न्यूजस्टोरी

चितवन, २५ पुस । पूर्वी चितवनको रत्ननगर नगरपालिका स्थित टिकौलीचौरमा विहीबार बाट सुरु हुने रत्ननगर महोत्सवको तयारी पुरा भएको छ । रत्ननगर उद्योग बाणिज्य संघको आयोजनामा हुने महोत्सवको राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उद्घाटन गर्नुहुने छ । आयोजकले बुधबार महोत्सव परिसरमा पत्रकार सम्मेलनको आयोजना गरि महोत्सवको तयार पूरा भएको जानकारी गराएको हो ।

मकै परिकार एक प्रयोग अनेक भन्ने मान्यतालाई स्थापित गर्न परिकारको उपयोग र मकैको बोट देखि अन्य सामाग्रीको प्रयोगलाई आत्मसाथ गर्ने गरि प्रबर्द्धन गरिएको संघका उपाध्यक्ष तथा कृषि प्रवर्द्धन समितिका संयोजक हरि अधिकारीले जानकारी दिनुभयो । मकै बालीको संरक्षण र प्रवर्द्धनको लागि महोत्सव स्थलमा मकै वाली स्थापना तथा मकैको स्टाचु निर्माण गरिएको छ ।

महोत्सवमा रामपुर मकैबाली अनुसनधान केन्द्रबाट २० प्रजातीका मकैको वारेमा जानकारी गराइने छ । महोत्सव स्थलमा मकै वाली, केरा बगान, च्याउको टनेल र माछा पोखरी निर्माण गरिने कृषि संयोजक अधिकारीले जानकारी गराउनुभयो । विगत दुई दशकदेखि प्रत्येक दुई दुई वर्षमा आयोजना हुने यस महोत्सवले समग्र जिल्ला तथा विशेष गरी पूर्वी चितवन र रत्ननगरको कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, विज्ञान, प्रविधि, कला, संस्कृति, व्यापार, व्यवसाय र अन्य आर्थिक महत्वका क्षेत्रहरुको आधुनिकीकरण र वैज्ञानिक उत्पादनलाई जोड दिइएको छ ।

महोत्सवमा उद्योग, व्यापार, कृषि, पर्यटन, स्थानीय कला र संस्कृति सहित राष्ट्रिय, अन्तराष्ट्रिय तथा बहुराष्ट्रिय गरि करिब ४५० स्टलहरु रहने छन् । यस पटकको महोत्सवमा तीन लाख भन्दा बढी दर्शकहरुले अवलोकन गर्ने र करीब २५ करोडभन्दा बढिको कारोबार हुने अपेक्षा गरिएको छ ।