ललितपुर सिटी एफसी नेपाल सुपर लिग (एनएसएल) फुटबलको फाइनलमा प्रवेश गरेको छ । हिजो भएको पहिलो क्वालिफायरमा धनगढी एफसीलाई २–१ गोलले हराउँदै ललितपुर फाइनलमा प्रवेश गरेको हो ।
दशरथ रङ्गशालामा भएको खेलमा ललितपुरका पापा केवे र केर्भन्स बेलफर्टले एक–एक गोल गरे । यस्तै धनगढीका जर्ज प्रिन्स कार्कीले एक गोल गरे ।
पराजित भएको धनगढीले दोस्रो क्वालिफायरमा आज चितवन र पोखराबीच हुने एलिमिनेटर खेलको विजेतासँग खेल्ने छ । दोस्रो क्वालिफायरको खेल बुधवार र तेस्रो संस्करणको एनएसएलको फाइनल खेल आउँदो शनिवार हुनेछ ।


प्रतिक्रिया