मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मियामीको कठिन जित

मियामीको कठिन जित

न्यूजस्टोरी

बेन्जामिन क्रेमास्चीले ३०औं मिनेटमा डाइभिङ हेडरमार्फत गोल गर्दै इन्टर मियामीलाई कोलम्बस क्रूविरुद्ध १–० को कठिन जित दिलाए।

मेजर लिग सकर ९एमएलएस० को दुई अपराजित टोलीबीचको भिडन्त ६० हजार ६१४ दर्शकले हेरेका थिए। जुन कोलम्बस क्रूको घरेलु खेलको कीर्तिमानी उपस्थिति र स्टेडियमको इतिहासमा सबैभन्दा ठूलो गैर–एनएफएल कार्यक्रम बन्यो।

खेललाई कोलम्बसबाट क्लिभल्यान्डको एनएफएल टोली क्लिभल्यान्ड ब्राउनको घरेलु मैदान हन्टिङटन बैंक फिल्डमा सारिएको थियो। कारण थियो– मियामीका सुपरस्टार लिओनल मेसीको लोकप्रियता। मेसी एमएलएसमा सन् २०२३ मा आबद्ध भएयता मियामीको कुनै खेलमा ६० हजार दर्शक उपस्थित भएको यो नवौं पटक हो।

‘उहाँ विश्वकै महान् खेलाडी हो, त्यसैले उहाँलाई हेर्न यति धेरै मानिस आउँछन्,’ क्रेमास्चीले भने, ‘हामी टाढाको मैदानमा खेलिरहेका हुन्छौं। तर, कहिलेकाहीँ घरमै जस्तो लाग्छ। त्यो क्षणमा सबै कुरा बिर्सन्छौं र लक्ष्यमा केन्द्रित हुन्छौं।’

खेल हेर्न क्लिभल्यान्ड काभेलियर्सका प्रशिक्षक केनी एटकिन्सन, खेलाडी ट्रिस्टन थम्पसन र ब्राउनका वाइड रिसिभर जेरी ज्यूडी पनि उपस्थित थिए। जितसँगै मियामीले आठ खेलबाट १८ अंक पुर्‍याएको छ। कोलम्बस क्रूको नौ खेलबाट १८ अंक नै छ।

गोलकिपर ओस्कर उस्टारीले दोस्रो हाफमा तीन सानदार डाइभिङ गर्दै मियामीलाई जित दिलाए। ३०औँ मिनेटमा मियामीका मिडफिल्डर मार्सेलो वाइगान्तले बक्सको बीचतिर क्रस पास गरे। त्यसलाई कोलम्बसका डिफेन्डर माल्टे अमुन्डसनसँगै दौडिएका क्रेमास्चीले बल छुन पुग्दै हेडरमार्फत गोल गर्न सफल भए। यो उनको सिजनको पहिलो गोल हो।

उक्त गोल क्लिभल्यान्डको ‘डग पाउन्ड’ सेक्सन अगाडि भएको हो।