मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल सुपर लिगमा झापा र पोखराको खेल बराबरी

नेपाल सुपर लिगमा झापा र पोखराको खेल बराबरी

न्यूजस्टोरी

नेपाल सुपर लिग (एनएसएल) फुटबलमा झापा एफसी र पोखरा थन्डर्स बराबरी खेलेका छन् । त्रिपुरेश्वरको दशरथ रङ्गशालामा आज पहिलो खेलमा झापा र पोखराले १–१ गोलको बराबरी खेलेका हुन् ।

झापाका लागि अर्सिक लजार र पोखराका स्टेफेन बिनङ्गले एक–एक गोल गरे । बराबरीसँगे दुवै टोलीले एक–एक अङ्क बाँडेका छन् । झापा चार खेलमा चार अङ्कसहित तालिकाको छैटौं स्थानमा छ । पाँच खेल खेलेको पोखरा पाँच अङ्कसहित चौथो स्थानमा छ ।

यस्तै आजै हुने दोश्रो खेलमा बुटवल लुम्बिनी एफसी र ललितपुर सिटी एफसी खेल्दैछन् । ललितपुर चार खेलबाट आठ अङ्क जोड्दै लिग तालिकाको दोस्रो स्थानमा छ । शीर्ष स्थानको धनगढीको पनि समान अङ्क छ ।