मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एमबाप्पेले गरे रोनाल्डोको कीर्तिमान बराबरी

एमबाप्पेले गरे रोनाल्डोको कीर्तिमान बराबरी

न्यूजस्टोरी

रियल मड्रिडका फ्रेन्च स्ट्राइकर किलियन एमबाप्पेले शनिबार ला लिगामा लेगानेसविरुद्ध दुई गोल गर्दै क्रिस्टियानो रोनाल्डोको पहिलो सिजनको गोलसंख्या बराबरी गर्न सफल भए।

एमबाप्पेले यो सिजन ४४ खेलमा ३३ गोल गर्दै रोनाल्डोको २००९–१० सिजनको कीर्तिमानसँग बराबरी गरेका हुन्। रोनाल्डो इङ्लिस क्लब म्यानचेस्टर युनाइटेडबाट रियल पुगेका थिए। उनी नै क्लबको सर्वकालीन शीर्ष स्कोरर (४५-गोल) बने।

‘क्रिस्टियानोसँग कीर्तिमानी बराबरी गर्न पाउनु मेरो लागि विशेष कुरा हो,’ एमबाप्पेले रियल टिभीसँग भने।

उनले थपे,‘हामी सबैलाई थाहा छ, उहाँले रियल मड्रिडका लागि के अर्थ राख्नुहुन्छ। उहाँसँग म कुरा गर्छु। उहाँले मलाई धेरै सल्लाह दिनुहुन्छ। उहाँले धेरै गोल गर्नुभएको छ। तर, मेरो लक्ष्य धेरै गोलभन्दा पनि उपाधिमा छ।’

एमबाप्पेले खेलको सुरुआतमै सुन्दर पानेन्का पेनाल्टीमार्फत गोल गर्दै रियललाई अग्रता दिलाए। तर, खेलको क्रममा रियलपछि परेपछि उनले फ्रिकिक गोल गर्दै टोलीलाई ३–२ को जित दिलाए।

यो जितसँगै रियल अंक तालिकामा बार्सिलोनासँग बराबरी पुगेको छ। एक खेल कम खेलेको बार्सिलोनाले आइतबार जिरोनासँग खेल्दैछ।

रियलका प्रशिक्षक कार्लो एन्सेलोट्टीले एमबाप्पेको प्रदर्शनको प्रशंसा गरे। उनले भने,‘उनले उत्कृष्ट गरिरहेका छन्। अब उनी टोलीको खेलमा धेरै सक्रिय छन्, र उनले नै खेलको भिन्नता ल्याइरहेका छन्।’

गत फेब्रुअरीमा म्यानचेस्टर सिटीविरुद्ध ह्याट्रिक गरेपछि एन्सेलोट्टीले भनेका थिए,‘एमबाप्पेमा क्रिस्टियानोको स्तरमा पुग्ने गुण छन्, तर उनले धेरै मिहिनेत गर्नुपर्छ। किनभने रोनाल्डोले धेरै उच्च मापदण्ड कायम गरेका छन्। तर, एमबाप्पे निकै उत्साहित छन्, त्यो स्तरमा पुग्न सक्छन्।’