काठमाडौं । इङ्ग्लिस क्लब आर्सनलले युइएफए महिला च्याम्पियन्स लिगको सेमिफाइनलमा स्थान बनाएको छ । रियल मड्रिडविरुद्ध पहिलो लेगमा २–० ले पछि परेको आर्सनलले दोस्रो लेगमा उत्कृष्ट पुनरागमन गर्दै ३–० को जित दर्ता गर्यो । समग्रमा ३–२ को नतिजाका साथ आर्सनलले सेमिफाइनलमा स्थान बनाएको हो ।
पहिलो हाफको खेल सकिँदासम्म रियल मड्रिड पहिलो लेगको नतिजाका आधारमा २–० ले अगाडि थियो । तर दोस्रो हाफ सुरु भएलगत्तै आर्सनलले खेल आफ्नो नियन्त्रणमा लियो । ४६औं मिनेटमा क्लोइ केलीको पासलाई अलेसिया रूसोले गोलमा परिणत गर्दै आर्सनललाई खेलमा फर्काइन् । तीन मिनेटपछि फेरि केलीकै क्रसमा मारियोनाले हेडरमार्फत गोल गर्दै समग्र स्कोर २–२ बनाइन् ।
मिनेटमा स्टेफ क्याटलीको पासमा रूसोले दोस्रो गोल गर्दै आर्सनललाई सेमिफाइनलको यात्रा तय गराइन् । रियल मड्रिड भने प्रतियोगिताबाट बाहिरिएको छ । अब आर्सनलले सेमिफाइनलमा लियोनको सामना गर्नेछ । लियोनले बायर्न म्युनिखलाई सहज रूपमा हराउँदै महिला च्याम्पियन्स लिगको सेमिफाइनलमा स्थान बनाएको हो । पहिलो लेगमा २–० को अग्रता बनाएको लियोनले दोस्रो लेगमा ४–१ को जित निकाल्दै समग्रमा ६–१ को जित हासिल गर्यो ।


प्रतिक्रिया