काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल) मा कोलकता नाइट राइडर्सले पहिलो जित दर्ता गरेको छ। बुधबार गुहाटीस्थित बार्षपारा क्रिकेट स्टेडियम भएको खेलमा कोलकाताले राजस्थान रोयल्सलाई ८ विकेटले हराएको हो।
टस हारेर ब्याटिङको निम्तो पाएको राजस्थानले कोलकातालाई १५२ रनको लक्ष्य दिएको थियो। राजस्थानले दिएको लक्ष्यलाई कोलकाताले १७.३ ओभरमा दुई विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो। कोलकाताको लागि क्विन्टन डिककले अविजित ९७ रन बनाए। उनले ६१ बलमा आठ चौका र ६ छक्का प्रहार गरे। आङ्गकृत रघुवंशी २२ रनमा अभिजित रहँदा कप्तान अजिक्न्या रहनेले १८ रन बनाए।
राजस्थानका लागि बलिङमा वानिन्दु हसरंगाले १ विकेट लिए। त्यसअघि ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ९ विकेट गुमाएर १५१ रन बनाएको थियो।
राजस्थानका लागि ध्रुव जुरेलले सर्वाधिक ३३ रन बनाए एसएसबी जयस्वालले २९ र कप्तान रियान परागले २५ रन बनाए। जोफ्रा आर्चर ले १६ रन बनाए। अन्य कुनै पनि ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन्।
कोलकताका लागि बलिङमा वैभव अरोरा हर्षित राणा, मोई अलि र वरुण चक्रवर्ती समान २-२ विकेट लिए। स्पेनसर जोन्सनले १ विकेट लिए।
यो जितसँगै कोलकता दुई खेलमा १ जित र १ हारसहित २ अङ्क बटुल्दै अंक तालिकाको छैटौं स्थानमा रहेको छ। कोलकाताले पहिलो खेल रोयल च्यालेन्जर्स बैंगलुरुसँग ७ विकेटको हार बेहोरेको थियो।
राजस्थान रोयल्सको भने यो लगातार दोस्रो हो। पहिलो खेलमा सनराइजर्स हैदराबादसँग ४४ रनले पराजित भएको थियो।


प्रतिक्रिया