मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ब्राजिलमाथि अर्जेन्टिनाले गर्‍यो गोलको बर्षा

ब्राजिलमाथि अर्जेन्टिनाले गर्‍यो गोलको बर्षा

न्यूजस्टोरी

फिफा विश्वकप २०२६ मा छनोट भइसकेको अर्जेन्टिनाले ब्राजिलमाथि गोलको बर्षा गरेको छ।

मोनुमेन्टल डे नुनेज स्टेडियममा बुधबार बिहान सम्पन्न खेलमा अर्जेन्टिना ४–१ ले विजयी भएको हो। अर्जेन्टिनाले यो सन् १९५९ पछि ब्राजिलमाथि निकालेको सबैभन्दा ठूलो जित हो।

२२ डिसेम्बर १९५९ मा भएको कोपा अमेरिकामा अर्जेन्टिनाले ४–१ कै जित निकालेको थियो। त्यसयता अर्जेन्टिनाले यति ठूलो अन्तरको जित निकाल्न सकेको थिएन।

यो नतिजासँगै शीर्ष स्थानमा रहेको अर्जेन्टिनाले १४ खेलबाट ३१ अंक पुर्‍याएको छ। समान खेलबाट २१ अंक रहेको ब्राजिल भने चौथो स्थानमा झरेको छ।

संयुक्त राज्य अमेरिका, क्यानडा र मेक्सिकोमा आयोजना हुने आगामी ४८ टिमले सहभागिता जनाउने छन्। दक्षिण अमेरिकाबाट ६ टिमले सिधैं आफ्नो स्थान सुनिश्चित गर्नेछन्।

लिओनल मेसीको नेतृत्वमा रहेको तीनपटकको विश्वविजेता अर्जेन्टिनाले सुरु देखिनै दक्षिण अमेरिकी छनोटको शीर्ष स्थानमा रहँदै आएको छ। उसले ब्राजिलविरुद्धका महत्त्वपूर्ण ‘होम एन्ड अवे’ दुवै खेलमा जित निकालेको छ।

यसअघि भएको ‘अवे’ मा पनि अर्जेन्टिनाले ब्राजिललाई १–० ले हराएको थियो। यसपल्ट अर्जेन्टिनालाई घरेलु मैदानमा सानदार जित दिलाउन जुलियन अल्भारेज, एन्जो फर्नान्डेज, एलेक्सिस म्याक एलिस्टर र जियुलियानो सिमोनले समान एक गोल गरे। ब्राजिलका म्याथ्युज कुन्हाले गरेको गोल सान्त्वना मात्रै रह्यो।

खेलको चौथो मिनेटमै ब्राजिलको डिफेन्सको ठूलो गल्तीको फाइदा अर्जेन्टिनाले उठायो। थियागो आल्माडालाई मिलाइदिएको बललाई अल्भारेजले दुई डिफेन्डरलाई बिट गर्दै गोल गरे।

त्यसको आठ मिनेटपछि नै नाहुएल मोलीनाको उत्कृष्ट पासलाई एन्जोले तीन यार्डको दूरीबाट गोलमा परिणत गरे।

टोटनह्याका डिफेन्डर क्रिस्टियन रोमेरोको ठूलो गल्तीका कारण कुन्हाले २६औं मिनेटमा गोल गर्दै ब्राजिललाई २–१ मा ल्याइपुर्‍याएका थिए। तर, त्यसपछि ब्राजिल खेलमा फर्किन सकेन र थप दुई गोल खान पुग्यो।

कर्नरबाट आएको बललाई एन्जोले चिप गर्दै एलिस्टरलाई पास दिएका थिए। उनले उक्त बललाई ३७औं मिनेटमा सहजै जाली चुमाउँदै अग्रता पुनस् दुईमा पुर्‍याए।

७१औं मिनेटमा निकोलस टाग्लियाफिकोले सिक्स यार्ड बक्सको माथिल्लो भागतिरबाट दिएको कटब्याक सिमोनले गोल गर्दै अर्जेन्टिनालाई ४–१ को सानदार जित दिलाए।