मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

७ महिनामा ४ लाख ३३ हजार ७ सय ३३ जना करदाता थपिए

७ महिनामा ४ लाख ३३ हजार ७ सय ३३ जना करदाता थपिए

न्यूजस्टोरी

काठमाडौं, १० चैत्र । चालू आर्थिक वर्षको पहिलो सात महिनामा चार लाख ३३ हजार सात सय तीन जना करदाता थपिएका छन् ।

अर्थ मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार योसँगै स्थायी लेखा नम्बर लिएका करदाताको सङ्ख्या ६६ लाख ५९ हजार आठ सय ३६ जना पुगेको छ । यसमध्ये व्यक्तिगत स्थाली लेखा नम्बर लिनेको सङ्ख्या ६९ दशमलव ३ प्रतिशत रहेको छ ।

बजेटपछि करदाताको सङ्ख्या उल्लेख्य बढे पनि सरकारको आम्दानी भने बढ्न सकेको छैन । सरकारले चालू आर्थिक वर्षमा १४ खर्ब १९ अर्ब रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकोमा चैत ८ गतेसम्म लक्ष्यको ५१ प्रतिशत अर्थात् सात खर्ब ३७ अर्ब रुपैयाँमात्रै सङ्कलन गरेका महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कले देखाउँछ ।

सात महिनाको अवधिमा सरकारको बजेट घाटा एक अर्ब रुपैयाँमाथि उक्लिसकेको छ ।