मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अर्जेन्टिना विश्वकपमा छनोट हुन एक अंकले टाढा

अर्जेन्टिना विश्वकपमा छनोट हुन एक अंकले टाढा

न्यूजस्टोरी

लिओनल मेसी, लउटारो मार्टिनेज र अन्य प्रमुख खेलाडी अनुपस्थित दक्षिण अमेरिकी विश्वकप छनोटमा अर्जेन्टिनाले शुक्रबार उरुग्वेमाथि १–० को कठिन जित निकालेको छ।

थियागो आल्माडाले ६८औं मिनेटमा बक्सको छेउबाट सुन्दर कर्ल्ड शट प्रहार गर्दै अर्जेन्टिनालाई महत्त्वपूर्ण तीन अंक दिलाएका हुन्। यस जितपछि अर्जेन्टिना सन् २०२६ को विश्वकपमा छनोट हुन मात्र एक अंक मात्रै टाढा छ।

१३ खेलपछि अर्जेन्टिना २८ अंकसहित शीर्ष स्थानमा छ। ब्राजिलविरुद्ध मंगलबार हुने घरेलु खेल बराबरी गरे या जित निकाले अर्जेन्टिनाले विश्वकपमा आफ्नो स्थान पक्का गर्नेछ।

अर्जेन्टिनाले सातौं स्थानमा रहेको बोलिभियाभन्दा १५ अंकको अग्रता बनाइसकेको छ। छनोट चरणका पाँच खेल मात्र बाँकी छन्। पछिल्लोपल्ट अर्जेन्टिनाले ब्राजिललाई रियो डि जनेरियोको मराकाना स्टेडियममा १–० ले हराएको थियो।

अर्जेन्टिनाले यस खेल मेसी मात्र होइन, मार्टिनेज, लिसान्द्रो मार्टिनेज र रोड्रिगो डि पउलबिनै खेल्यो। प्रशिक्षक लिओनल स्कालोनीले टिममा नयाँ अनुहार ल्याउँदै जुलियानो सिमेओनेलाई पहिलो रोजाइमा राखेका थिए, जसमा जुलियन अल्भारेज र थियागो आल्माडा आक्रमणमा थिए।

उरुग्वेले खेलको पहिलो हाफमा राम्रो प्रदर्शन गर्दै केही राम्रा अवसर सिर्जना गरेको थियो। तर, अर्जेन्टिनाले दोस्रो हाफमा लय समाउँदै उत्कृष्ट अवसर सिर्जना गर्‍यो।

आल्माडाले ६८औं मिनेटमा गोल गरेपछि उरुग्वेले थप आक्रमण गर्ने मौका पाएन। प्रशिक्षक मार्सेलो बिएल्साको टोली खेलभरि जम्मा चार शट मात्र पोस्टतर्फ प्रहार गर्न सफल रह्यो।