मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हार्दिक पाण्डेयलाई आईपीएलको पहिलो खेलमै प्रतिबन्ध

हार्दिक पाण्डेयलाई आईपीएलको पहिलो खेलमै प्रतिबन्ध

न्यूजस्टोरी

काठमाडौं । भारतीय क्रिकेट टोलीका ब्याट्सम्यान सूर्यकुमार यादवले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ को उद्घाटन खेलमा मुम्बई इन्डियन्सको कप्तानी गर्ने भएका छन् ।

गत आईपीएल सिजनमा टोलीले कायम राखेको ओभर-रेटका कारण नियमित कप्तान हार्दिक पाण्डेयमाथि सिजनको पहिलो खेलमा प्रतिबन्ध लगाइएको छ ।
मुम्बईको पहिलो खेलमा हार्दिकको स्थानमा सूर्यकुमारले टोलीको नेतृत्व गर्नेछन् ।

सूर्यकुमार राष्ट्रिय टी-२० टोलीका कप्तान हुन् र हालै यो टोलीले घरेलु मैदानमा इङ्गल्याण्डविरुद्ध ४-१ ले जित हासिल गरेको छ । आईपीएल २२ मार्चबाट सुरु हुनेछ, जसमा कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बैङ्गलोर आमनेसामने हुनेछन् । मुम्बईको पहिलो खेल मार्च २३ मा चेन्नईमा चेन्नई सुपर किङ्ग्ससँग खेलिनेछ ।