मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लुम्बिनीले सुदूरपश्चिमलाई दियो ११७ रनको विजयी लक्ष्य

लुम्बिनीले सुदूरपश्चिमलाई दियो ११७ रनको विजयी लक्ष्य

न्यूजस्टोरी

काठमाडौं । लुम्बिनी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ११७ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय प्रतियोगितामा एक्स्ट्राटेक ओभलमा टस जितेर ब्याटिङ गरेको लुम्बिनी प्रदेश ४४.१ ओभरमा ११६ रन बनाउँदै अलआउट भएको हो ।

लुम्बिनीका लागि कप्तान देव खनालले सर्वाधिक ४१ रन बनाए । शिर्ष क्रममा तीन ब्याटर सस्तैमा समेटिदा देवले सम्हालिएको पारी खेलेका हुन् । उनले ७१ बलमा ४ चौका प्रहार गरे । प्रज्वल थापाले ३० रन बनाउँदा अन्य कुनै पनि ब्याटरले दोहोरो अंकको रन जोड्न सकेनन् ।

सुदूरपश्चिम प्रदेशका लागि हेमन्त धामीले सर्वाधिक ४ विकेट लिए । उनले ९ ओभरमा १ मेडनसहित २६ रन खर्चिए । सूर्य श्रेष्ठ,शेर मल्ल र मिलन बोहोराले समान २–२ विकेट लिए ।

सुदूरपश्चिम र लुम्बिनी दुवैको यो छैटौं खेल हो । लुम्बिनी ५ खेलमा ४ जित र १ हारसहित ८ अंक बटुलेको छ भने सुदूरपश्चिमले ५ खेलमा जम्मा १ जित हात पारेको छ ।