मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अर्जुन घर्तीको ८८ रनको इनिङ्समा कर्णालीले दियो कोशीलाई २१९ रनको लक्ष्य

अर्जुन घर्तीको ८८ रनको इनिङ्समा कर्णालीले दियो कोशीलाई २१९ रनको लक्ष्य

न्यूजस्टोरी

काठमाडौँ । लुम्बिनी प्रदेशमा जारी प्रधानमन्त्री कप पुरुष एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशले कोशी प्रदेशलाई २१९ रनको लक्ष्य दिएको छ ।

पहिला ब्याटिङ गर्दै कर्णालीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २१८ रन बनायो । कर्णालीका लागि अर्जुन घर्तीले ८८ रनको नटआउट पारी खेले । ९५ बलको सामना गरेका अर्जुनले ११ चौका र २ छक्का प्रहार गरे । यस्तै हिमान्सु शाहीले ४६ रन बनाउँदा निश्चल रावलले २०, प्रकाश जैशीले १८, सुनिल धमलाले १३ र वीपीन रावलले १० रनको योगदान दिए ।

बलिङतर्फ कोशीका लागि श्रवण किस्कु महँगो सावित भए । एक विकेट हात पारे पनि उनले ६ ओभर बलिङ गर्दै ४५ रन खर्चिए । यस्तै विपिन महतोले ९ ओभरमा ४७ रन खर्चिँदै तीन विकेट लिए । दिपेश कँडेल र प्रकाश कार्कीले २/२ विकेट लिँदा सुजन थपलियाको नाममा एक विकेट रह्यो ।