मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खाना पकाउने ग्यासको भाउ प्रतिसिलिन्डर १२ रूपैयाँ बढ्यो

खाना पकाउने ग्यासको भाउ प्रतिसिलिन्डर १२ रूपैयाँ बढ्यो

न्यूजस्टोरी

काठमाडौं । खाना पकाउने एलपी ग्यासको भाउ प्रति सिलिन्डर १२ रूपैयाँ ७५ पैसाले बढेको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अधिकारी र नेपाल एलपी ग्यास उद्योग संघका पदाधिकारीबीचको बैठकमा आयल निगम सञ्चालक समितिको २ दिनअघि बसेको बैठकले गरेको ग्यासको भाडा समायोजनसम्बन्धी निर्णय जानकारी गराइएको छ ।

वाणिज्य तथा आपूर्ति सचिव गोविन्दबहादु कार्कीसहितका सरकारी प्रतिनिधि र व्यवसायीबीच भएको ४ घण्टा लामो वार्तामा ५ बुँदे सहमति भएको छ ।

५ बुँदे सहमति फागुन १८ गते वाह्य ढुवानी र आन्तरिक ढुवानी भाडा समायोजन गरेको जानकारी गरिएको । मुनाफा प्रतिशतमा हुनुपर्ने मागलाई निरन्तरता दिई एलपी ग्यासको आपूर्ति सहज निगमले उपसमिति बनाइ अध्ययन गरी अघि बढाउने । व्यवसायीले कमिसन २.५ बाट ५ प्रतिशत गरेको मागका सन्दर्भमा भने निगमले उपसमिति बनाई अघि बढाउने सहमति भएको छ ।