मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुनको भाउमा भारी गिरावट, एकै दिन २७ सय रुपैयाँले घट्यो

सुनको भाउमा भारी गिरावट, एकै दिन २७ सय रुपैयाँले घट्यो

न्यूजस्टोरी

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्यमा भारी गिरावट भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलामा २७०० रुपैयाँले रुपैयाँ घटेको हो ।

आइतबार यससँगै छापावाल सुनको मूल्य तोलामा १ लाख ६७ हजार ५०० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । अघिल्लो दिन सुनको मूल्य तोलामा १ लाख ७० हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको भाउ १५ रुपैयाँले बढेको छ । शुक्रवार तोलामा १ हजार ९७० रुपैयाँ रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार तोलामा १ हजार ९५५ रुपैयाँमा कारोबार भइरहेको छ ।