मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आयुर र दिक्षान्तलाई मलेसियामा स्वर्ण

आयुर र दिक्षान्तलाई मलेसियामा स्वर्ण

न्यूजस्टोरी

नेपालका आयुर ढकाल र दिक्षान्त लामिछानेले मलेसियामा भएको १२औं स्पिड पावर तेक्वान्दो च्याम्पियनशिपमा स्वर्ण पदक जितेका छन् ।

मलेसियाको क्वालालम्पुरमा भएको च्याम्पियनशिपमा आयुर र दिक्षान्तको स्वर्णसहित नेपालले कुल सात पदक जितेको छ । दुवै स्वर्ण नेपालले पुम्सेमा जितेको हो ।

आयुरले ९ देखि ११ वर्ष उमेरसमूहमा र दिक्षान्तले १२ वर्षमुनि उमेरसमूहमा स्वर्ण पदक जितेका हुन् । आयुरले झापाको मेची तेक्वान्दो डोजाङ र दिक्षान्तले हात्तिवन तेक्वान्दो डोजाङबाट खेल्ने गर्छन् ।

च्याम्पियनशिपमा अन्तर्राष्ट्रिय रेफ्री कुमार लामा घिसिङ, मुना खवास मगर र बब्लु सिवाकोटीले निर्णायक हुनुहुन्थ्यो ।