मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

त्रिदेशीय टी–२० श्रृङ्खला: जित्नैपर्ने खेलमा नेपालले टस हार्‍यो, थाइल्याण्डले पहिला ब्याटिङ गर्ने

त्रिदेशीय टी–२० श्रृङ्खला: जित्नैपर्ने खेलमा नेपालले टस हार्‍यो, थाइल्याण्डले पहिला ब्याटिङ गर्ने

न्यूजस्टोरी

काठमाडौं । त्रिदेशीय महिला टी–२० आई श्रृङ्खलामा नेपालले शीर्षस्थानमा रहेको थाइल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेलमा नेपालले पहिला बलिङ गर्ने भएको छ । टस जितेर थाईल्याण्डकी कप्तान नारुमोल चाइवाइले ब्याटिङको निर्णय लिएकी हुन् ।

लगातार तेस्रो हार व्यहोरेको नेपाल प्रतियोगितामा पहिलो जित निकाल्न चाहन्छ । तर अपराजित रहेको थाइल्याण्डसामु नेपालका लागि त्यति सहज भने छैन । शृङ्खलामा लगातार तेस्रो जित हात पारेको थाइल्याण्ड ६ अंकसहित शीर्ष स्थानमा छ । नेदरल्याण्ड्सले चार खेलमा ४ अंक जोड्दा नेपाल भने अंकविहीन छ । आजको खेलमा नेपाल पराजित भएमा शृंखला जित्ने सम्भावना सकिनेछ ।

नेपालले आज युवा बलर रचना कुमारी चौधरीलाई डेब्यू दिएको छ । चोटका कारण कविता कुँवर टिमबाट बाहिर भएपछि उनको ठाउँमा शृंखलाकै लागि रचना कुमारी चौधरी टिममा आएकी थिइन् । रचनाले नेपालको यू-१९ टोलीबाट महिला विश्‍वकप खेलेकी थिइन् ।

आज सिता राना मगर पनि बाहिर छिन् । उनको ठाउँमा रोमा थापा टिममा आएकी छन् ।