काठमाडौं, १६ माघ । केपी ओली कप फुटबल प्रतियोगिताको तेस्रो संस्करण आउँदो फागुन ११ गतेदेखि १९ गतेसम्म हुने भएको छ । राष्ट्रिय युवा सङ्घ नेपालले आज पत्रकार सम्मेलन आयोजना गरेर प्रतियोगिताबारे जानकारी दिएको हो ।
प्रतियोगितामा ुएु डिभिजन क्लब र विदेशी गरी कुल १० वटा टोलीले प्रतिस्पर्धा गर्नेछन् । आयोजकका अनुसार प्रतियोगिताको क्वाटरफाइनल खेल सातदोबाटोको एन्फा कम्प्लेक्स मैदान र सेमिफाइनल खेल त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा हुने छ ।
प्रतियोगिताको विजेताले १५ लाख ११ हजार ११ हजार १ सय ११ रुपैयाँ र उपविजेताले ५ लाख रुपैयाँ पाउने आयोजकले जनाएको छ ।


प्रतिक्रिया