मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

न्यूजस्टोरी

काठमाडौं । नेपाली बजारमा बिहीबार सुन चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसारआज सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घटेको हो ।

महासंघका अनुसार छापावाल प्रतितोला १ लाख ५९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बुधबार सुन तोलामा १ लाख ६० हजार रुपैयाँमा कारोबार भएको थियो । बिहीबार चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले घटेको छ । यससँगै आज चाँदीको मूल्य तोलामा १ हजार ८७५ रुपैयाँ कायम भएको छ।

यसअघि बुधबार चाँदी १ हजार ८९५ रुपैयाँमा किनबेच भएको थियो।