मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

यू–१९ महिला विश्वकपबाट जितविहीन बनेर बाहिरियो नेपाल

यू–१९ महिला विश्वकपबाट जितविहीन बनेर बाहिरियो नेपाल

न्यूजस्टोरी

काठमाडौं । आईसीसी यू–१९ महिला विश्वकपमा नेपाली युवा टिम जितविहीन बन्दै समूह चरणबाट बाहिरिएको छ ।

बुधबार भएको समूह चरणको अन्तिम खेलमा टेस्ट टोली अस्ट्रेलियाविरुद्ध ८३ रनले पराजित भएसँगै नेपालको सुपर सिक्स सम्भावना समाप्त भएको हो ।

खेलमा अस्ट्रेलियाले प्रस्तुत गरेको १४० रनको लक्ष्य पछ्याउने क्रममा नेपालले निर्धारित २० ओभर ब्याटिङ गरे पनि आठ विकेट गुमाएर ५६ रनमात्र बनाउन सक्यो ।

नेपालबाट कप्तान पुजा महत्तोले सर्वाधिक १८ रन बनाइन् । यसबाहेक, नेपालका अन्य ब्याटर दोहोरो अंकसम्म पुग्न सकेनन् । अलिसा यादवले नौ रन थप्दा साना प्रविनाले आठ र सावित्री धामीले सात रन बनाइन् । नेपालको तीन ब्याटरले रनको खाता खोल्न सकेनन् ।

नेपाललाई सस्तैमा समेट्न अस्ट्रेलियाका लिली बासिङथवेट, जुलियट मोर्टोन र हसरत गिलले समान दुई विकेट लिए । क्लोइ एन्सवर्थको नाममा एक विकेट रह्यो । त्यसअघि, अस्ट्रेलियाका काओम्हे ब्राईले सर्वाधिक ४५ रन बनाइन् । एलेनोर लारोसाले ३१ रन थप्दा हसरत गिलले ३० रन जोडिन् ।

नेपालकी कप्तान पुजा महत्तोले तीन विकेट लिइन् । यस्तै, सिमाना केसीले दुई विकेट लिँदा रिया शर्माले एक विकेट हात पारिन् । यो नजितासँगै युवा विश्वकपमा नेपालको यात्रा टुंगिएको हो । नेपाल यसअघि विश्वकपको पहिलो खेलमा बंगलादेशविरुद्ध पाँच विकेटले र दोस्रो खेलमा स्कटल्यान्डविरुद्ध एक विकेटले पराजित भएको थियो ।