मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

क्रिकेटबाट सन्यास लिने सन्दीपको संकेत, लेखे भावुक स्टाटस

क्रिकेटबाट सन्यास लिने सन्दीपको संकेत, लेखे भावुक स्टाटस

न्यूजस्टोरी

काठमाडौं । नेपाली क्रिकेटर सन्दीप लामिछानेले सन्यास लिने संकेत गरेका छन् । नेपाली क्रिकेट टिमका लेग स्पिनर समेत रहेका लामिछानेले सामाजिक सञ्जालमा राखेको एक भावुक पोस्टपछि फ्यानहरू त्यस्तो अड्कल गरिरहेका छन्।

शनिबार राति सबैलाई धन्यवाद दिँदै उनले लेखेको पोस्टमार्फत ‘यो देश र यस सुन्दर राष्ट्रका अविश्वसनीय मानिसहरू सधैं मेरो साथमा उभिएका छन्, मेरो यात्राको हरेक पाइलामा अटल समर्थन प्रदान गर्दै। तपाईंको माया र प्रोत्साहन मेरो लागि संसारको अर्थ हो र सधैंभरि मेरो हृदयमा विशेष स्थान राख्नेछ’, भनेर लेखेका छन् ।

यसअघि एक किशोरीसँग नाम जोडिएपछि सन्दीप केही समय खेल क्षेत्रबाट टाढा रहनु परेको थियो । तर पछि पाटन उच्च अदालतले सफाइ दिएसँगै उनी पुनः नेपाली क्रिकेटमा फर्केका हुन् । भर्खरै सकिएको एनपीएल कपमा सन्दीपले उत्कृष्ट प्रदर्शन गर्न असफल भए । जय ट्रफीमा भने उनको प्रदर्शन औसल रहयो ।