मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

उद्योग वाणिज्य संघ चितवनको आयोजनामा चितवन महोत्सव हुने

उद्योग वाणिज्य संघ चितवनको आयोजनामा चितवन महोत्सव हुने

न्यूजस्टोरी

किरण कुँवर
चितवन, २० पुस । उद्योग वाणिज्य संघ चितवनको आयोजनामा पौष २५ देखि माघ १० गतेसम्म नारायणी नदि किनारमा १५ औं चितवन महोत्सव आयोजना हुने भएको छ । पत्रकार सम्मेलन मार्फत संघले उक्त कुराको जानकारी गराएको हो । चितवनको गौरव र गरिमामय प्रस्तुती नाम दिइएको महोत्सव प्रत्येक २-२ बर्षमा हुने गरेको छ ।

महोत्सवले जिल्लाको कृषि, शिक्षा, स्वास्थ्य, पर्यटनलगायत समग्र आर्थिक, सामाजिक र सांस्कृतिक विकासका साथसाथै व्यवसायको प्रवर्द्धनमा टेवा दिने अपेक्षा आयोजकको छ । चितवनको गरिमा र पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउने उद्देश्यले आयोजना गरिने यसपटकको महोत्सवमा ४३० स्टल रहने उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठले जानकारी दिनुभयो । मन्दीका कारण विक्षिप्त बनेको आर्थिक क्षेत्रलाई यस वर्षको महोत्सवले थप उर्जा दिने अपेक्षा आयोजकको छ ।