मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

म्यानचेस्टर युनाइटेडको मैदानमा न्युक्यासलको सानदार जित

म्यानचेस्टर युनाइटेडको मैदानमा न्युक्यासलको सानदार जित

न्यूजस्टोरी

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत न्युक्यासलसँग म्यानचेस्टर युनाइटेड पराजित भएको छ । ओल्ड ट्राफोर्डमा गएराति सम्पन्न खेलमा न्युक्यासलविरुद्ध युनाइटेड २–० ले पराजित भएको हो । न्युक्यासलको जितमा अलेक्ज्याण्डर इसाक र जोएलिन्टनले समान एक गोल गरे । प्रिमियर लिगमा न्युक्यासलको यो लगातार चौथो जित हो ।

युनाइटेडविरुद्धको खेलको चौथो मिनेटमै इसाकले गोल गर्दै न्युक्यासललाई सुरुवाती अग्रता दिलाए । १९औँ मिनेटमा जोएलिन्टनले गोल गरेपछि न्युक्यासल अग्रता दोब्बर बनाएको थियो । त्यसपछि युनाइटेडले गोल गर्न नसकेपछि न्युक्यासलले वर्ष २०२४ को सुखद अन्त्य गर्‍यो ।

यो जितपछि न्युक्यासल लिगको पाँचौँ स्थानमा उक्लिएको छ । उसले १९ खेलमा ९ जितसहित ३२ अंक जोडेको छ । समान खेलमा २२ अंक रहेको युनाइटेड १४औँ स्थानमा छ ।