किरण कुँवर
चितवन, १३ पुस । लुम्बिनी सेरामिक्स लिमिटेडले आफ्नो पहिलो एक्स्क्लुसिभ डिलर चितवनको टाँडीमा सञ्चालनमा ल्याएको छ । रत्ननगर स्थित वडा नं ३ शान्तिचोकमा जय गोरखाली टायल्स एण्ड मार्बल सप्लायर्सलाई डिलर नियुक्त गरी लुम्बिनी सेरामिक्सले आफ्नो उपस्थिति चितवनमा देखाएको हो । आज एक औपचारिक कार्यक्रममा रत्ननगर उद्योग बाणिज्य संघका अध्यक्ष शंकर गिरी र लुम्बिनी सेरामिक्स लिमिटेडका निर्देशक अभिनव चुरियालले सयुक्त रुपमा “एम्पोरियो” श्रेणीअन्तर्गतको डिलरको शुभारम्भ गर्नुभएको हो ।
कम्पनीको डिलरसीपका चार श्रेणीहरूमध्ये “एम्पोरियो“ सबैभन्दा प्रिमियम हो, जसले लुम्बिनी सेरामिक्सद्धारा उत्पादित टायल्सको सम्पूर्ण संग्रहहरुको वितरण गर्ने गर्छ । मुलुकभर आफ्ना उत्पादनलाई सहजै उपलब्ध गराउने उद्देश्यले १०० भन्दा बढी डिलर र वितरकहरूको सञ्जालको स्थापना गरिसकेको लुम्बिनी सेरामिक्स लिमिटेडका निर्देशक अभिनव चुरीवालले जानकारी दिनुभयो ।


प्रतिक्रिया