मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चितवनमा हात्ती महोत्सव : पेनाल्टी सुटआउटमा वसन्तीकलीको गोल

चितवनमा हात्ती महोत्सव : पेनाल्टी सुटआउटमा वसन्तीकलीको गोल

न्यूजस्टोरी

किरण कुँवर

चितवन, १२ पुस । चितवनको सौराहामा जारी १८ औं संस्करणको हात्ती तथा पर्यटन महोत्सवमा बिहिवार भएको खेलमा पेनाल्टी सुटआउटमा वसन्तीकली हात्ती समूहले जित हात पारेको छ ।

यो समूहले सेल्फीकली हात्ती समूहलाई पेनाल्टी सुटआउटमा १-० गोल अन्तरले हराएको हात्ती व्यवस्थापन समितिका संयोजक ऋषि तिवारीले जानकारी दिनुभयो । प्रत्येक समूहमा ४-४ वटा हात्ती रहेका थिए।

जसमा वसन्तीकलीले मात्र १ गोल गर्न सफल भइन् । खेलको उपप्रधानमन्त्री समेत रहेका सहरी विकास मन्त्री प्रकाशमान सिंहले उद्घाटन गर्नुभएको हो । क्षेत्रीय होटल संघ चितवन सौराहाले हात्तीसँग सम्बन्धित विभिन्न गतिविधि गरेर महोत्सव गर्दै आएको छ।