किरण कुँवर
चितवन, २९ मंसिर । चितवनको टिकौली खेल मैदानमा भएको तेस्रो रत्न प्रिय कप महिला फुटबल प्रतियोगिताको उपाधि आयोजक रत्न प्रिय क्लबले उचालेको छ । निकै तनाबका बीच जारी खेलमा पदमा स्पोट क्लब (ओखलढुङ्गा) का खेलाडी खुष्मा राईले रातो कार्ड पाएसंगै पदमा क्लव दश खेलाडीमा समेटिएको थियो ।
रातो कार्ड पाएर पनि राइले मैदान छाड्न अस्विकार गरेपछि खेल थप तनावग्रस्त बनेको थियो । पुनः सुचारू हुनुपर्ने खेल विवाद झाँगिदै गएपछि रेफ्रीको निणर्यसंगै आयोजक रत्न प्रिय क्लबलाई बिजयी घोषणा गरिएको थियो ।
प्रतियोगिताको बिजेता टिमलाई एक लाख ११ हजार १११ र उपविजेता टिमलाई ५५ हजार ५५५ रूपैयाँसहित शिल्ड, मेडल, ट्रफी प्रदान गरिएको छ ।
प्रतिक्रिया