मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

टीयू क्रिकेट मैदानमा भिन्दै देखिएकी स्वस्तिमा

टीयू क्रिकेट मैदानमा भिन्दै देखिएकी स्वस्तिमा

न्यूजस्टोरी

काठमाडौं । कीर्तिपुरमा जारी नेपाल प्रीमियर लीग (एनपीएल) का कारण काठमाडौंसहित देश नै क्रिकेटमय भएको छ । एनपीएलका आफ्नो रोजाइका टिमको खेल हेर्न आमदर्शकको हरेक दिन कीर्तिपुरस्थित टीयू मैदानमा बाक्लो संख्यामा उपस्थित हुने क्रम जारी छ ।

अहिले क्रिकेट मैदानको वरपर क्रिकेट पारखीहरु मात्र होइन, सेलिब्रेटीहरुको समेत राम्रो उपस्थिति देखिन थालेको छ ।
अझ कतिपय अभिनेता अभिनेत्रीहरुलाई त विभिन्न क्लबहरुले ब्राण्ड एम्बासडर नै बनाएका कारण पनि उनीहरु आफ्नो टीमको खेल भएका दिन दिनभरी स्टेडियममै देखिन्छन् । अभिनेत्री स्वस्तिमा खड्कालाई कर्णाली याक्सले आफ्नो ब्राण्ड एम्बासडर बनाएको छ । यसै कारण पछिल्ला खेलहरुमा उत्कृष्ट प्रदर्शन गर्दै आइरहेको कर्णाली याक्सको खेल भएको दिन स्वस्तिमा टीयू क्रिकेट ग्राउण्ड पुगेर आफ्नो टीमलाई सर्पोट गरिरहेक हुन्छिन् ।

त्यसक्रममा अन्टर्राष्ट्रियस्तरको टेलिभिजन प्रसारणको प्रत्यक्ष प्रसारमा पटक पटक देखिने स्वस्तिमा आफ्नो उपस्थितिलाई सामाजिक सञ्जालमार्फत पनि सार्वजनिक गरिरहेकी हुन्छिन् । खेल भैरहेको समयमा दर्शक दीर्घामा बसेर उनले विभिन्न भाव–भंगिमाका तस्विरहरु सञ्जालमा शेयर गरिरहेकी हुन्छिन् ।