मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कर्णालीले पोखरालाई रोक्यो १०३ रनमै, बोस्सिस्टोले लिए ६ विकेट

कर्णालीले पोखरालाई रोक्यो १०३ रनमै, बोस्सिस्टोले लिए ६ विकेट

न्यूजस्टोरी

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) टी–२० क्रिकेटको १७ औँ खेलमा कर्णाली याक्स र पोखरा एभेन्जर्स भिडिरहेका छन् ।

त्रिवि क्रिकेट मैदानमा कर्णालीले १०४ रनको झिनो चुनौती पछ्याइरहेको छ । खेलमा टस जितेर पहिले ब्याटिङ गरेको पोखराले १६.३ ओभरमा अलआउट हुँदै १०३ रनमा रोकियो । दिनेश खरेलले २६ रन बनाएको इनिङ्सलाई सस्तैमा समेट्ने क्रममा विलियम बोस्सिस्टोले ६ विकेट लिए । यो जारी एनपीएलको सबैभन्दा राम्रो एकल प्रदर्शन हो ।

अंक तालिका
चार खेलबाट जनकपुर बोल्ट्स ८ अंकसहित शीर्ष स्थानमा रहेको छ भने सुदूरपश्चिम रोयल्स ४ खेलबाट ६ अंकसहित दोस्रो तथा चितवन ५ खेलबाट ६ अंकसहित तेस्रो स्थानमा रहेको छ । कर्णाली ४ खेलबाट ४ अंकसहित चौथो स्थानमा रहेको छ । लुम्बिनी लायन्स ५ खेलबाट २ अंकसहित पाँचौं स्थानमा रहेको छ । पोखरा ३ खेलबाट २ अंकसअिहत छैटौँ, काठमाडौँ गुर्खाज ३ खेलबाट २ अंकसहित सातौँ तथा ४ खेलबाट विराटनगर किंग्स २ अंकसहित पुछारमा छ ।