मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आईएमई पेको ‘लोड, पे, विन’ अफरमा १०० प्रतिशत क्यासब्याक

आईएमई पेको ‘लोड, पे, विन’ अफरमा १०० प्रतिशत क्यासब्याक

न्यूजस्टोरी

काठमाडौं, २४ मंसिर । नेपालको पहिलो डिजिटल वालेट ‘आईएमई पे’ ले ‘लोड, पे, विन’ नामक योजना सार्वजनिक गरेको छ ।

योजना अन्तर्गत आईएमई पे प्रयोगकर्ताहरूलाई विभिन्न माध्यमद्वारा सजिलै आफ्नो आईएमई पे एपमा पैसा लोड गर्न र सहज डिजिटल भुक्तानी सुविधा अनुभव गर्न प्रोत्साहित गर्ने उद्देश्य रहेको कम्पनीले जनाएको छ ।
२० मंसिरदेखि २० पुससम्म चल्ने यस योजनामा आईएमई पेका सेवाग्राहीले विभिन्न माध्यमबाट आईएमई पे एपमा पैसा लोड गरी कुनै १ भुक्तानी गर्दा दैनिक १ जना विजेताले १ हजार रुपैयाँ बोनस रकम प्राप्त गर्न सक्नेछन् र बम्परमा ३ जना भाग्यशाली विजेताले योजना अवधिभरि आईएमई पेबाट गरेको कुल कारोबार खर्चको १०० प्रतिशत नै क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।

प्रयोगकर्ताले आईएमई पे एपमा लिंक गरिएको बैंकको खाता, अन्य बैंकको एपबाट ‘लोड टु वालेट’, कनेक्ट आईपीएस, ईरएम बैंकिङ, भिसा कार्ड र एजेन्ट्स मार्फत आईएमई पे एपमा पैसा लोड गर्न सक्नेछन् ।

यस योजनामा सहभागी हुन प्रयोगकर्ताले कम्तीमा १ हजार रुपैयाँ आईएमई पेमा लोड गर्नुपर्ने हुन्छ र मोबाइल रिचार्ज, हवाई टिकट बुकिङ, केबलकार टिकट बुकिङ, बिलहरूको भुक्तानी जस्तो कुनै पनि कारोबार गरेको हुनु पर्दछ ।

बम्पर विजेताहरूले कुल कारोबार खर्चको १०० प्रतिशत क्यासब्याक अधिकतम १० हजार रुपैयाँसम्म प्राप्त गर्न सक्नेछन् ।