मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तेस्रो रत्न प्रिय कप महिला फुटबल प्रतियोगिता : परिवर्तन हातेमालो युवा संगठनको लज्जास्पद हार

तेस्रो रत्न प्रिय कप महिला फुटबल प्रतियोगिता : परिवर्तन हातेमालो युवा संगठनको लज्जास्पद हार

न्यूजस्टोरी

किरण कुँवर
चितवन, २३ मंसिर । चितवनको रत्ननगर स्थित टिकौली खेल मैदानमा जारी तेस्रो रत्न प्रिय कप महिला फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा निजगढ फुटबल क्लब विजयी भएको छ ।

परिवर्तन हातेमालो युवा संगठनलाई ९-० गोलको स्वाद चखाउँदै निजगढ फुटबल क्लब विजयी भएको हो । आइतवारको खेलमा लज्जास्पद हार बेहोरे संगै परिवर्तन हातेमालो युवा संगठन तेस्रो रत्न प्रिय कप महिला फुटबल प्रतियोगिताबाटै बाहिरीएको छ । निजगढ फुटबल क्लब भने प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरेको छ ।

निजगढ फुटबल क्लबका तर्फबाट पूर्णीमा राई म्यान अफ दी म्याच घोषित भईन् उनले नगद रू २ हजार रुपैँया प्राप्त गरिन् । उनलाई वडा नं. ९ का वडा अध्यक्ष अनन्त अधिकारी, सफा उर्जा प्रा.लि. का प्रवन्ध निर्देशक निर्णय पौडेल, कार्यक्रम संयोजक सुलभ पौडेल, समाजसेवी तथा युवा उद्यमी दिपक चापागाईले संयुक्त रूपमा पुरस्कार हस्तान्तरण गरेका थिए ।

प्रतियोगिताका आगामी खेलहरुमा रत्नप्रिय क्लबसहित संकटा क्लब, बागमती युवा क्लब सर्लाही, निजगढ फुटबल क्लब, पद्मा स्पोट्र्स क्लब ओखलढुङगा र परिर्वतन हातेमालो युवा संगठन जगतपुरले प्रतिस्पर्धा गर्ने क्लबका सचिव विजय लामाले जानकारी दिए ।

प्रतियोगिताको बिजेता टिमलाई एक लाख ११ हजार १११ र उपविजेता टिमलाई ५५ हजार ५५५ रूपैयाँसहित शिल्ड, मेडल, ट्रफी प्रदान गरिने प्रतियोगिताका संयोजक प्रवेश कुँवरले जानकारी दिए ।