मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनपीएलमा आज पनि दुई खेल : पहिले अपराजित जनकपुर र जितविहीन लुम्बिनी भिड्दै

एनपीएलमा आज पनि दुई खेल : पहिले अपराजित जनकपुर र जितविहीन लुम्बिनी भिड्दै

न्यूजस्टोरी

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज (आइतबार) पनि दुई वटा खेल हुँदैछन् । बिहान ९ बजे अपराजित जनकपुर बोल्ट्स र जितविहीन लुम्बिनी लायन्स भिड्दै छन् ।

जनकपुर तीन खेलमा ६ अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ । समान तीन खेलमा पराजित लुम्बिनी तालिकाको पुछारमा छ । यस्तै दिउँसो १ बजे सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच खेल हुनेछ ।

तीन वटै खेल जितेको सुदूरपश्चिम तालिकाको शीर्ष स्थानमा र तीन मध्य दुई खेल जितेको चितवन तालिकाको तेस्रो स्थानमा छ । एनपीएलमा हिजो भएको खेलमा कर्णाली याक्सले विराटनगर किङ्ग्सलाई ७ रनले पराजित गर्‍यो भने सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ४५ रनले हराएको थियो ।