मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनपीएलमा पोखराको खराब शुरुआत चितवनसँग सहजै पराजित

एनपीएलमा पोखराको खराब शुरुआत चितवनसँग सहजै पराजित

न्यूजस्टोरी

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) टी–२० क्रिकेटको पाँचौ खेलमा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई हराएको छ । कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा भएको खेलमा पोखरा ८८ रनले पराजित भएको हो ।

पहिले ब्याटिङ गरेको चितवनले ७ विकेटको क्षतिमा १६१ रन बनायो । रवि बोपाराले सर्वाधिक ५१ रन बनाएको इनिङ्समा रेमन राइफर, बास डे लिडे र बिपिन कार्कीले समान २ विकेट लिए । जवाफमा पोखराले १३.२ ओभरमा अलआउट हुँदै ७४ रनमात्र बनाउन सक्यो । नारायण जोशीले सर्वााधिक ३० रन बनाएको इनिङ्समा मार्कस क्रिट्लीले १७ रन बनाए । त्यसबाहेक कुनै पनि ब्याट्सम्यानले दोहोरो स्कोर जोड्न सकेनन् ।

पहिलो ओभरमै तीन विकेट लिएर पाकिस्तानी बलर सोहेल तन्भिरले कमाल गरेका थिए । त्यस्तै रिजन ढकाल र लुक बेन्केन्स्टिनले ३–३ विकेट नै लिए ।

योसँगै चितवनले लगातार दोस्रो जित हासिल गरेको छ । पोखराले भने पहिलो खेल खेलेको हो ।

यसअघिका खेल
– चौथो खेलमा सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई ९० रनले हरायो । सुदूरले ७ विकेटको क्षतिमा १८२ रन बनाएकामा विराटनगर ९२ रनमा समेटियो ।
– तेस्रो खेलमा जनकपुर बोल्टसले कर्णाली याक्समाथि ८ विकेटको जित हासिल गरेको हो ।

–दोस्रो खेलमा चितवन राइनोज विजयी भएको छ । विजयी शुरुआत गर्ने क्रममा चितवनले काठमाडौँ गुर्खाजलाई ५ विकेटले पराजित गरेको हो ।

–उद्घाटन खेलमा जनकपुर बोल्टसले विराटनगर किंग्समाथि शानदार ८ विकेटको जित हासिल गरेको थियो ।
पहिलो पटक आयोजित एनपीएलमा आठ टिम रहेका छन्