मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुदूरपश्चिमसँग ९० रनले हार्‍यो विराटनगर

सुदूरपश्चिमसँग ९० रनले हार्‍यो विराटनगर

न्यूजस्टोरी

काठमाडौं । नेपाल प्रिमियर लिग ९एनपीएल० अन्तर्गत मंगलबारको पहिलो खेलमा सुदुरपश्चिम रोयल्सले विराटनगर किङ्ग्सलाई पराजित गरेको छ ।

कीर्तिपुर मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा १८३ रनको लक्ष्य प्रस्तुत गरेको थियो । विराटनगरले १६ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदा सुदूरपश्चिमले ९० रनको फराकिलो जित हात पारेको हो ।

सुदूरपश्चिमको जीतका लागि मध्यक्रमका ब्याटर दीपेन्द्र सिंह ऐरीले अर्धशतक प्रहार गरे । २४ बल खेलेका उनले ५ छक्का र ३ चौका प्रहार गरे ।