मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुदूरपश्चिम रोयल्सले दियो विराटनगर किंग्सलाई १८३ रनको विशाल लक्ष्य, दीपेन्द्रको शानदार अर्धशतक

सुदूरपश्चिम रोयल्सले दियो विराटनगर किंग्सलाई १८३ रनको विशाल लक्ष्य, दीपेन्द्रको शानदार अर्धशतक

न्यूजस्टोरी

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सलाई सुदूरपश्चिम रोयल्सले १८३ रनको विजयी लक्ष्य पेश गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८२ रनको विशाल स्कोर खडा गर्यो । सुदूरका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले शानदार ब्याटिङ गरे । २४ बलको सामना गरेका दीपेन्द्रले ५ छक्का र ३ चौकाको मद्दतमा ५७ रनको अर्धशतकीय पारि खेले ।

ब्रान्डन म्याकमुलेनले ३६ रन बनाएको खेलमा विनोद भण्डारीले २३, इशान पाण्डेले २१, सैफ अली जैबले १४ तथा स्कट कुगेलेइनले १० रन थपे । बलिङतर्फ अनिल खरेलले सर्वाधिक तीन विकेट लिँदा इस्मत आलम, क्रिस सोल र बसिर अहमदले समान १ विकेट लिए ।