मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेत्रहीन क्रिकेट विश्वकपको पहिलो खेलमा नेपाल पराजित

नेत्रहीन क्रिकेट विश्वकपको पहिलो खेलमा नेपाल पराजित

न्यूजस्टोरी

काठमाडौं । पाकिस्तानमा शनिबारदेखि सुरू भएको नेत्रहीन क्रिकेट विश्वकपको पहिलो खेलमा नेपाल पराजित भएको छ ।

नेपाल श्रीलंकासँग ७० रनले पराजित भएको हो । श्रीलंकाले दिएको १९६ रनको बलियो लक्ष्य पछ्याएको नेपालले १२५ रन मात्र बनाउन सक्यो ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले २० ओभरमा ४ विकेट गुमाएर १९५ रन बनाएको थियो । श्रीलंकाका दमिथ सन्दरुवानले ६६ बलमा अविजित १०० रन बनाए ।

नेपालका सुनिल रानामगरले १ विकेट लिए ।