काठमाडौं । नबिल बैंकको सहायक कम्पनी नबिल सेक्युरिटिजको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट सुरेश देवकोटा नियुक्त हुनुभएको छ । देवकोटालाई नबिल सेक्युरिटिजको सञ्चालक समितिले असोज २१ देखि लागू हुनेगरी चार वर्षका लागि सिइओ नियुक्त गरेको जनाएको छ । दुई दशक लामो बैंकिङ अनुभव संगाल्नुभएका देवकोटा यसअघि नबिल बैंकमा प्रमुख लगानी अधिकृतको रूपमा कार्यरत हुनुहुन्थ्यो । २०६२ सालमा नेपाल बैंकबाट बैंकिङ करियर सुरु गर्नुभएका देवकोटाले १५ वर्ष नेपाल बंगलादेश बैंकमा बिताउनुभएको छ । देवकोटा नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था (आइक्यान) का पूर्व पार्षद् तथा नेपाल लेखामान बोर्डका पूर्वसदस्यसमेत हुनुहुन्छ । त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन संकायमा स्नातकोत्तर गर्नुभएका देवकोटाले नेपाल ग्रामीण विकास बैंक, आईएमई जनरल इन्स्योरेन्सलगायतका संस्थामा सञ्चालक सदस्यको रूपमा पनि काम गरिसक्नुभएको छ ।


प्रतिक्रिया