मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुनचाँदीको मूल्य घट्यो

सुनचाँदीको मूल्य घट्यो

न्यूजस्टोरी

काठमाडौं । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य घटेर कारोबार भएको छ । सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन छापावाल सुन प्रतितोला एक लाख ६० हजार रुपैयाँमा कारोबार भइरहेको छ । गएको शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ६० हजार १०० रुपैयाँ कायम थियो ।

चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ९०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । शुक्रबार चाँदी प्रतितोला एक हजार ९१० रुपैयाँ कायम थियो ।