मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

यूईएफए नेशन्स लिग: पोर्चुगलको प्रभावशाली जित, रोनाल्डोको अर्को कीर्तिमान

यूईएफए नेशन्स लिग: पोर्चुगलको प्रभावशाली जित, रोनाल्डोको अर्को कीर्तिमान

न्यूजस्टोरी

काठमाडौं । पोर्चुगलले यूईएफए नेसन्स लिगमा फराकिलो जित हासिल गरेको छ । शुक्रबार राति भएको खेलमा पोर्चुगलले पोल्यान्डलाई ५-१ गोलअन्तरले हराउँदै क्‍वाटरफाइनलमा स्थान सुरक्षित गर्न पनि सफल भएको छ । यस जितसँगै समूह ‘ए’ मा पोर्चुगल शीर्ष स्थानमा उक्लिएको छ।

खेलमा क्रिष्टियानो रोनाल्डो ले दुई गोल गर्दै आफ्नो अन्तर्राष्ट्रिय गोल संख्या १ सय ३५ पुर्‍याए। यो कुनै पनि खेलाडीले गरेको सबैभन्दा धेरै अन्तर्राष्ट्रिय गोल हो। उनका प्रदर्शनले पोर्चुगलको जितलाई झन् प्रभावशाली बनाएको छ।