काठमाडौं । आईसीसी यू–१९ महिला टी–२० क्रिकेट विश्वकप एसिया छनोटअन्तर्गत नेपालले आज अन्तिम खेल घरेलु टोली यूएईविरुद्ध खेल्दैछ । खेल दुबईमा दिउँसो सवा ३ बजेदेखि सुरु हुँदैछ ।
विश्वकप छनोटको निर्णायक खेलका रुपमा रहेको यस खेल जित्नैपर्ने दबाब नेपाललाई छ । विश्वकपमा स्थान बनाउन नेपालले यूएईलाई रनरेटमा पनि पछाडि पार्ने गरी जित्न आवश्यक छ ।
यूएईले यसअघि भएको खेलमा नेपाललाई हराएको थियो । यसर्थ नेपालमाथि थप दबाब छ । पाँच खेलमा शतप्रतिशत जितसहित यूएई १० अंक जोड्दै अंकतालिकाको शीर्ष स्थानमा छ । त्यस्तै चार जित र एक हारसहित आठ अंक जोडेको नेपाल दोस्रोमा छ ।
मंगलबार भएको खेलमा नेपालले कुवेतलाई १६५ रनले पराजित गरेको थियो ।


प्रतिक्रिया