मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुनको मूल्य प्रतितोला पाँचसय रुपैयाँले घट्यो

सुनको मूल्य प्रतितोला पाँचसय रुपैयाँले घट्यो

न्यूजस्टोरी

काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ घटेको छ। पछिल्लो समय सुनको भाउ घट्ने बढ्ने क्रम जारी छ।साताको पहिलो दिन आज सुनको भाउ तोलामा पाँच सय रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला एक लाख ६६ हजारमा कारोबार भइरहेको छ। साताको अन्तिम दिन शुक्रबार सुन प्रतितोला एक लाख ६६ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ। चाँदी प्रतितोला एक हजार ९ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।