काठमाडौं । भुटान नेपालमा जारी साफ महिला च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार समूह ‘बी’ को खेलमा माल्दिभ्सलाई १३–० ले हराउँदै भुटान सेमिफाइनलमा प्रवेश गरेको हो ।
त्रिपुरेश्वरस्थित दरशथ रंगशालामा भएको खेलमा भुटानका लागि पेमा छोदेन र डेकी याङदोनले दुई/दुई तथा नाम्ग्याल डेमा, डेकी याङदोन, छिरिङ ल्हादेन र सोनाम छोदेनले एक/एक गोल गरे ।
यो जितपछि भुटान तीन खेलमा ७ अंकसहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । नेपाल दोस्रो स्थानमा छ । नेपालले २ खेलबाट ४ अंक जोडेको छ । यस्तै, श्रीलंकाको २ खेलमा ३ अंक छ ।
समूह ‘बी’ विजेता बन्न नेपालले श्रीलंकालाई कम्तीमा ६ गोल अन्तरले हराउनुपर्ने समीकरण बनेको छ । नेपालले तेस्रो खेलमा आज अपरान्ह साढे ५ बजे श्रीलंकासँग खेल्दैछ ।
पहिलो खेलमा भुटानसँग गोलरहित बराबरी खेलेको नेपालले दोस्रो खेलमा माल्दिभ्सलाई ११–० ले हराएको थियो ।


प्रतिक्रिया