मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुनको भाउ हालसम्मकै उच्च, पुग्यो तोलाकै १ लाख ६५ हजार

सुनको भाउ हालसम्मकै उच्च, पुग्यो तोलाकै १ लाख ६५ हजार

न्यूजस्टोरी

काठमाडौं । साताको पहिलो कारोबार दिन आज (आइतबार) नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । आइतबार प्रतितोला ६ सय रुपैयाँ मूल्य बढेपछि नेपाली बजारमा सुनको भाउ हालसम्मकै उच्च भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ६५ हजार रुपैयाँ तोकेको छ । यसअघि शुक्रबार १ लाख ६४ हजार ४ सय    रुपैयाँ कायम भएको थियो ।

यस्तै आज चाँदीको मूल्य पनि ९५ रुपैयाँले बढेको छ । शुक्रबार तोलामा १ हजार ९ सय ८० रुपैयाँमा कारोबार भएको चाँदी आज ९५ रुपैयाँले  बढेर २ हजार  ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।