मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

इनिएस्टाले थन्काए बुट

इनिएस्टाले थन्काए बुट

न्यूजस्टोरी

बार्सिलोनाका पूर्वमिडफिल्डर आन्द्रेस इनिएस्टाले २२ वर्ष फुटबलको सर्वोच्च तहमा रहेर सन्यासको घोषणा गरेका छन्।

आफ्नो बलियो फुटबल क्यारियरको दौडान उनले बार्सिलोनाको पहिलो टोलीमा डेढ दशकमा चार च्याम्पियन्स लिग जिते। उनले सन् २०१० को फाइनलमा गोल गर्दै विश्वकप र सन् २००८ र २०१२ मा स्पेनका लागि दुई पटक युरो कप जितेका थिए।

४० वर्ष काटेका दिग्गज प्लेमेकरले सोमबार आफ्नो सामाजिक सञ्जालमा एक भिडियो पोस्ट गर्दै आधिकारिक रूपमा आफ्नो बुट थन्काएको जानकारी दिएका हुन्।

इनिएस्टा संयुक्त अरब अमीरात प्रो(लिग क्लब एमिरेट्सको लागि खेलिरहेका थिए। जहाँ उनीसँग २०२५ सम्म आफ्नो सम्झौता विस्तार गर्ने विकल्प थियो, तर उनले आफ्नो खेल क्यारियर अन्त्य गर्ने निर्णय गरेका छन्।